
दैलेख ः दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा महिला विजयी भएका छन् ।
काँग्रेसको तर्फबाट उम्मेदवार रिता शाहि र उपाध्यक्षमा काँग्रेसकै उम्मेदवार देवि भण्डारी विजयी भएका हुन् । काँग्रेसकी रिता शाहीले नेकपा एमालेका सर्वराज महतारालाई १६ मतले पछि पार्दै विजयी भएकी छन् ।
गाउँपालिका अध्यक्षमा विजयी शाहिले ३९७६ मत प्राप्त गरी जित हात पारेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वराज महताराले ३९६० मत ल्याउँदै पराजित भएका भैरवी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भैरवी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका देवी भण्डारी विजयी भएकी छन् । भण्डारीले एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार पदमकुमारी विष्टको भन्दा १४७ बढी मत प्राप्त गर्दै विजयी भएकी हुन् ।
काँग्रेसबाट उपाध्यक्षमा विजयी भण्डारीले ३३७४ मत प्राप्त गरेकी छन् भने एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार पदमकुमारी विष्टले ३२२७ मत प्राप्त गर्दै पराजित भएकी हुन् । उपप्रमुखमा मोवादी केन्द्रका ऐनबहादुर कठायतले ५०८ मत प्राप्त गरेको जनाइएको छ ।
यस्तै, सात वडा रहेको भैरवी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेले पाँच वडामा जित हात पारेको छ । अन्य दुई वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।









